1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

एउटै रोग बल्झिरहने समस्याबाट पीडित बालबालिका अभिभावकहरुले एक पटक पढौँ



झापा ।   बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई यसक्षेत्रका बालबालिकाको उपचार तथा परामर्शका लागि झापाको बिर्तामोडमा आउनुहुने भएको छ ।

उहाँबाट विशेषगरी बालबालिकालाई एउटै रोग बल्झिरहने समस्याका कारण पीडित अभिभावकहरुले बढी लाभ लिन सक्नेछन् ।

लामो समयदेखि यस्तै रोगको पहिचान, उपचार र निदानमा बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई संलग्न हुनुहुन्छ ।

बालबालिकालाई एउटै रोग बल्झिरहनु घातक हुन सक्ने उहाँ चेतावनी दिनुहुन्छ ।

बालबालिकामा बढ्दो उमेरसँगै थुप्रै शारीरिक, मानसिक परिवर्तन देखापर्छन् ।

यही क्रममा कतिपय बच्चामा आनीबानी, हाउभाउ, जीवनशैलीमा केही असहज लाग्ने लक्षण पनि देखिन सक्छन् ।

त्यस्ता केही समस्या क्षणिक हुन्छन् भने कुनैलाई विशेष सल्लाहको जरुरत पर्न सक्छ ।

तीमध्ये अधिकांश सामान्य समस्या हुने भए पनि यसले अभिभावकमा धेरै चिन्ता हुन सक्छ ।

बारम्वार विरामी भइरहने र रोग पत्ता नलागेका (क्यान्सर रोग बाहेक) बालबालिकाहरुको परामर्श सेवा प्रदान गर्नका लागि झापाको बिर्तामोडस्थित जिवनरक्षा पोलिक्लिनिकले बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईलाई बोलाएको बताएको छ ।

नेपालका एकमात्र डिएम बाल इम्युनोलोजिष्ट तथा न्युमाटोलोजिष्ट डा. भट्टराईले यही बैशाख २६ र २७ गते जिवनरक्षा पोलिक्लिनिकबाट सेवा दिने पोलिक्लिनिकका अपरेसन म्यानेजर सफल भुजेलले जानकारी दिनुभयो ।

बालबालिका र किशोर किशोरीमा अनावश्यक औषधिको प्रयोगले गर्ने हानी र सही औषधि कसरी छनोट गर्नेलगायतका विषयमा समेत डा. भट्टराईले परामर्शसँगै उपचार सेवा प्रदान गर्नुहुने समेत बताइएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment