1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर बिर्तामोडमा एक व्यक्ति गम्भीर घाइते



झापा ।   झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

बुधबार बिहानको राति अन्दाजी १ः३० बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित राम चौकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि भुइँमा तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुष घाइते अवस्थामा फेला परेका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरेको छ ।

उनको निधार र आँखाको डिलमा चोट लागेको छ भने शरीरको अन्य बिभिन्न भागमा जलेको छ ।

उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको साथमा तार काट्ने ह्याक्सो ब्लेड, रेन्चहरू, प्लाष्टिकको बोरा र डोरी फेला परेको प्रहरीले जनाएको छ ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment