1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबलाई



झापा ।  झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ ।

 

 

आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल अन्तरले हराउँदै बिर्तामोड च्याम्पियन बनेको हो । बिर्तामोडको जितमा एक मात्र निर्णायक गोल आशिक टुडूले गरे ।

 

 

उपाधिसँगै बिर्तामोडले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित ब्रदर्स एफसीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो ।

खेलको प्लेयर अफ द म्याच आशिक टुडु भए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर अभिषेक बराल, उच्च गोलकर्ता मोहन टुडू, सर्वोत्कृट खेलाडी आशिष चापागाईं र उत्कृष्ट डिफेन्डर उपविजेता टिमका कप्तान डेबिन विक भए ।

हाम्रो न्यु जेनेरेसन क्लबले युवाहरुलाई खेलमा प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरेको आयोजक समितिका अध्यक्ष बुद्धहाङ लिम्बूले जानकारी दिए ।

झापा टूडेबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment