झापा । बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो क्यामेरा १/१ थान हस्तान्तरण गर्नु भएको हो ।
नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो । दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो ।
झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा दैनिक क्रियाकलापमा असहज हुनेगरेको छ । बिर्तामोड नगरपालिकाले करिब २ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शाखा अधिकृत मेघराज वाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१