1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २० शुकर्बार

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म झापाबाट ३२ हजार भन्दा बढि युवा बाहिरिए



झापा ।  चालू आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म झापाबाट ३२ हजार २९ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये १९ प्रतिशत महिला छन्। विदेश गएकामध्ये केहीको मृत्यु समेत हुने गरेको उल्लेख गर्दै संयोजक बुढाथोकीले वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउन चेतना र तयारी आवश्यक रहेको बताए।

वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम दमक नगरपालिकाका नगरप्रमुख राम थापाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। सहजीकरण नगरपालिकाका रोजगार शाखा संयोजक टिकाराम पाण्डेले गर्नुभएको हो। नेपालबाट दैनिक औसत दुई हजार ३० जना युवा वैदेशिक रोजगारीका लागि विदेशिने तथ्यांक छ, जसबाट मुलुकले वार्षिक रूपमा १४ खर्बभन्दा बढी रेमिट्यान्स आर्जन गरिरहेको छ।

सामी कार्यक्रम हाल झापाका भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्ज पालिकामा सञ्चालनमा छ भने आगामी वर्षदेखि हल्दिबारी, गौरादह, झापा, कमल, बाह्रदशी र बुद्धशान्तिमा विस्तार गरिनेछ। वैदेशिक रोजगारीमा जाने युवालाई सीप विकास, सूचनाको पहुँच, न्याय प्राप्ति, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरताका क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको संयोजक बुढाथोकीले जानकारी दिए।

श्रोत झापा अन्लाइन

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment