1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

कोशीको बजेटमा कृषक



झापा । कोशी प्रदेश सरकारले कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार बजेट सार्वजनिक गरेको छ ।

कोशीको बजेटमा कृषक

कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै स्वस्थ माटो, स्वस्थ बाली अभियान अन्तर्गत माटो जाँच गरी माटोका सुधार गर्न प्राङ्गारिक खेती प्रवर्धनका लागि ८ करोड रुपैयाँ छुट्याएको छ।

स्थानीय तथा निजी क्षेत्रसँगको सहकार्यमा रैथाने बाली, फलफूल, चिया, कफी, अलैँची लगायतका बाली उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि १६ करोड ६५ लाख बजेटको व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताए।

उनका अनुसार धेरैभन्दा धेरै किसानको पहुँच पुग्नेगरी बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत उपलब्ध कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड छुट्याइएको छ भने विषादीको बिक्री वितरणलाई कडाइका साथ नियमन गरिनेछ।

‘कृषक सबैभन्दा अगाडि’ भन्ने मूल नाराका साथ व्यावसायिक कृषकको पहिचान तथा सम्मान गर्ने भन्दै कोशी प्रदेश सरकारले प्रमुख शहरमा बधशाला (स्लटर हाउस) स्थापना गर्न ७ करोड, स्वस्थ तथा गुणस्तरीय पशुपन्छी जन्य उत्पादन उपभोग र निर्यात प्रवर्धनका लागि २२ करोड रुपैयाँसहित कृषि, उद्योग र सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर