झापा । गत वर्षको तुलनामा यतिबेला खेतमा धान हरियो फीर्नु पर्ने हो तर, वर्षा पर्याप्त वर्षा नहुँदा झापाका खेत बाँझै छन् । आकासे पानीको भरमा खेती हुने क्षेत्रमा अहिले मकैका ढोड ठाडै छन् । पैनीबाट सिंचाइ हुने ठाउँमा बाहेक अन्य क्षेत्रमा रोपाइ हुन सकेको छैन ।
कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत चेतराज भण्डारीका अनुसार हाल सम्म झापामा २१ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले कमि हो । गत वर्ष योबेलामा २९ प्रतिशत रोपाइ सम्पन्न भएको थियो ।
बिर्तामोड–७ का किसान राम मण्डलले रोपाइ ढिलाइ हुँदा ठूलो चिन्ता व्यक्त गरे । “गत वर्ष यो बेलासम्म आधा भन्दा धेरै खेतमा रोपाइ सकिएको थियो, अहिले त पानी नै नपरेर हात बाँधेर बस्नुपरेको छ,” उनले भने, “कुलो पैनी छैन, मोटर चलाएर पानी हाल्न खोज्दा पनि सम्भव छैन । सबैले मोटर चलाउँदा भोल्टेज नपुग्ने र मोटर तातेर बिग्रिने समस्या छ ।”
यो समस्याले सिँचाइ गर्न नसक्दा खेत बाँझिन थालेको र बिउसमेत बिग्रन थालेको उनले बताएका छन् । कतिपय किसानले छरेको बिउ पहेँलिन थालेकोे, कुहिएको वा जरासहित सडेको भन्दै गुनासो गरेका छन् ।
समयमै रोपाइ नभएमा उत्पादनमा सीधा असर पर्ने चिन्ता किसानमाझ छाउँदै गएको छ । कृषि विज्ञहरूका अनुसार धानको बोटलाई समयमै पानी नपुग्दा बोटको वृद्धि प्रभावित हुन्छ र बाली कमजोर हुने सम्भावना अत्यधिक हुन्छ ।
झापाको प्रमुख कृषि उत्पादन धान भएकाले यस वर्षको उत्पादनमा गिरावट आएमा खाद्य सुरक्षामा समेत असर पर्न सक्ने देखिएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१