झापा । बिर्तामोड–४ निवासी सुरज शाह र अन्जली कुमारी साहाले आफ्नो १६औं वैवाहिक वर्षगाँठलाई भिन्न शैलीमा अर्थपूर्ण बनाएका छन्। जहाँ अधिकांशले एनिभर्सरीमा भोजभतेर वा महँगो उपहारमा खर्च गर्छन्, उनीहरूले भने आइएमई लाइफ इन्स्योरेन्समार्फत ५० लाख रुपैयाँको जीवन बिमा गर्दै भविष्यप्रति प्रतिबद्धता जनाएका छन्।
आज सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख मिलन दाहाल, सुरुङ्गा शाखा प्रमुख केशव कुमार पौडेल, सिनियर एजेन्सी म्यानेजर चन्दन कुमार साहा र एमडीआरटी एजेन्सी म्यानेजर सृजना खनालको उपस्थितिमा बिमा पोलिसी हस्तान्तरण गरिएको हो। कार्यक्रम भावनात्मक र प्रेरणादायी थियो, जहाँ शाह दम्पतीको निर्णयलाई सबैले प्रशंसा गरेका थिए ।
सुरज शाहले भने, “हामीले यो वर्षगाँठलाई फजुल खर्चमा होइन, बचत र सुरक्षामा रुपान्तरण गरेका छौं। परिवारको भविष्य सुनिश्चित गर्नु नै साँचो प्रेम र जिम्मेवारी हो भन्ने सन्देश दिन चाह्यौं।”
शाह दम्पतीको यो कदमले बिमा मात्र होइन, सामाजिक चेतनाको दृष्टिले पनि गहिरो सन्देश दिएको छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१