1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ५ मंगलबार

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण, ८०% काम अगाडि बढेको कम्पनीको दाबी



झापा ।  झापाको कन्काई घाटमा मेची अञ्चलमै पहिलो विद्युतीय शवदाह गृह निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। निर्माण कम्पनीका अनुसार हालसम्म करिब ८० प्रतिशत काम पूरा भइसकेको छ। परियोजना करिब दुई करोड पचास लाख रुपैयाँ लागत अनुमानमा कोशी प्रदेश सरकार र कन्काई नगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको हो।

प्रदेशका खानेपानी मन्त्री एकराज कार्कीले आज स्थल अवलोकन गर्दै कामको प्रगति बुझ्नुभयो। मन्त्रीले बाँकी संरचना, विद्युत प्रणाली परीक्षण र सेवा सञ्चालन छिट्टै पूरा गरी स्थानीयलाई वातावरणमैत्री सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो।

परियोजनाअनुसार, एक पटकमा दुई शवसम्म दाहसंस्कार गर्न सकिनेछ। एक शव जलाउन करिब ४५–५० मिनेट र करिब ६ सय रुपैयाँ बराबरको विद्युत खर्च लाग्ने अनुमान छ। परियोजना सम्पन्न भएपछि दाउरा प्रयोग घट्ने र प्रदूषण न्यूनिकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment