1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ साउन ६ सोमबार

बिर्तामोडमा क्लिकइट स्टुडियोको भव्य उद्घाटन



झापा । झापाको बिर्तामोडमा क्लिकइट स्टुडियो स्थापना गरिएको छ।

बिर्तामोड नगरपालिका–५, कृषीथोकस्थित होटल डेनियल नजिक स्थापना गरिएको स्टुडियोको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

झापाली युवा एलेक्स मैनालीले करिव ६० लाखको लागतमा सुरु गर्नुभएको ब्यवसायको उहाकी आमा निर्मला देवी कणरियाले रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो।

स्टुडियोले विवाह, जन्मदिन, बेबी सावर, इनडोर–आउटडोर फोटो/भिडियो सुट, फेसन मोडलिङ, डकुमेन्ट्री तथा म्युजिक भिडियो निर्माण, ड्रोन सुट, डिजिटल ब्रान्डिङ, विज्ञापन निर्माण र सोशल मिडिया ह्यान्डलिङ जस्ता सेवा दिने मैनालीले बताउनुभयो।

उहाँका अनुसार स्टुडियोमार्फत झापा र आसपासका युवालाई रोजगारीको अवसर प्रदान गर्दै गुणस्तरीय र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको हो।

उद्घाटन कार्यक्रममा सञ्चार, कला र सिर्जनात्मक क्षेत्रमा क्रियाशील कलाकार, सञ्चारकर्मी र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनिहरुले बिर्तामोडमा यस्तो प्रविधि र सेवा सुरु हुनु स्थानीय कलाकार, व्यवसायी र युवाका लागि महत्वपूर्ण अवसर र उपलब्धि भएको बताएका छन ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment