1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ साउन ६ सोमबार

झापाको कचनकवल स्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा श्रावणको पहिलो सोमबारदेखि विशेष मेला सुरु



झापा ।   झापाको कचनकवल गाउँपालिका–१, साविक घेरावारी–९, मागुरमारास्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा श्रावण महिनाको पहिलो सोमबार आजदेखि विशेष मेला सुरु भएको छ।

२०५६ सालदेखि बोलबम मेला प्रारम्भ गरिएको यस मन्दिरमा प्रत्येक सोमबार हजारौं भक्तजनको भीड लाग्ने गर्दछ।

समितिका अनुसार भुत्तेश्वर शिवालय मन्दिरको स्थापना २०१२ सालमा दुई जना साधुहरूले गरेका थिए।

तर डकैतहरूको निरन्तर आक्रमणका कारण उनीहरू मन्दिर छोड्न बाध्य भएका थिए।

पछि स्व. स्थानीय वैद्यनाथ राजवंशीले मन्दिरको लागि १ बिगाहा १६ कट्ठा र स्थानीय आर्यघाट व्यवस्थापनका लागि १ बिगाहा गरी कुल २ बिगाहा १६ कट्ठा जमिन प्रदान गरेका थिए।

स्थानीयहरूकै पहलमा २०५६ सालदेखि श्रावण पर्वमा बोलबम मेला सुरु भई आजसम्म निरन्तरता दिइएको हो।

यस मन्दिरमा नेपाल र भारतका लाखौं भक्तजनहरूले भुत्तेश्वर महादेवमा दर्शन गरी आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ सुन, चाँदी तथा बहर गोरु अर्पण गर्ने परम्परा रहेको छ।

आदिवासी राजवंशी समुदायले विशेषगरी श्रावण महिनाभर, प्रत्येक सोमबार र शिवरात्रिमा भगवान शिवको दर्शन गर्दा मनोकामना पूरा हुने आस्थाका साथ मन्दिरमा उपस्थित हुने गरेका छन्।

श्रावण महिनाभर सोमबारका दिन व्रत बस्ने र शिवालयमा जल अर्पण गर्ने परम्परा अनुसार भक्तजनहरूको उपस्थिति अत्यधिक रहने गर्दछ।

समितिले भक्तजनहरूको सुविधाका लागि स्वच्छता, सुरक्षा तथा व्यवस्थापनमा स्वयंसेवक टोली परिचालन गरेको जनाएको छ।

साथै, मन्दिर परिसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् जसले स्थानीयहरूमा आपसी सम्बन्ध सुदृढ गर्नुका साथै पर्यटकीय गतिविधि समेत बढाएको छ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment