झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।
सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३ सय ५० मिटर लामो र पाँच फिट चौडाइको छ ।
पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।
उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।
पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१