1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

जुकेखाडी सामुदायिक वनले हात्तीका लागि ५ हजार बिरुवा रोप्दै



झापा।   झापाको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित गैडे आहाल वन क्षेत्रमा ५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ।

समूहका अध्यक्ष मोहन श्रेष्ठका अनुसार साउन १३, १४ र १५ गतेसम्म तीन दिन चल्ने वृक्षारोपण कार्यक्रमको औपचारिक सुरुवात हिजो एक समारोहबीच गरिएको हो।

वृक्षारोपणको पहिलो दिन आयोजित कार्यक्रममा स्थानीयवासी, उपभोक्ता समूहका पदाधिकारी तथा कर्मचारी, पत्रकार, सामुदायिक वन नगर महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो।

समूहले गैडे आहाल क्षेत्रमै वन्यजन्तुहरूका लागि पोखरी निर्माण गरिसकेको छ।

अब पोखरी वरपरको क्षेत्रमा आहारामूलक बिरुवा रोपिँदैछ, जसबाट हात्तीसहित अन्य वन्यजन्तुका लागि दीर्घकालीन आहाराको स्रोत विस्तार हुने अपेक्षा गरिएको छ।

कार्यक्रमले वन्यजन्तु संरक्षणमा योगदान पुर्‍याउनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने सामुदायिक वनले विश्वास लिएको छ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर