1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ५ बिहिबार

बिर्तामोडका दुई जनप्रतिनिधि बीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित



झापा ।  बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कारबाहीको मागसहित नगरपालिका कार्यालयअगाडि नाराजुलुस गरेका छन्।

बाक्लो संख्यामा रहेका प्रहरीले उनीहरूलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएनन्। भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरूले नाराजुलुस र कोणसभा गरेका थिए।

बिर्तामोड–३ को नवदुर्गा मन्दिर परिसरमा भेला भई राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा करिब ४०/५० जनाको उपस्थितिमा विरोध र्‍याली निकाली नगरपालिका परिसरमा पुगेर नाराबाजी गरेका थिए।

‘सामाजिक सञ्जालको दुरुपयोग बन्द गर, बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर, अराजक उपमेयर मुर्दावाद, सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर’ जस्ता नारा लगाएका थिए।

फेसबुकमा लेखिएका केही अभिव्यक्तिका कारण उपप्रमुख र वडाध्यक्ष कार्कीबीच केही दिनअघि नगरपालिका कार्यालयभित्रै भनाभनको स्थिति सिर्जना भएको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment