झापा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री राधा माधव भजनस्थलीको आयोजनामा आगामी साउन ३१ गते बिर्तामोडस्थित अग्रसेन भवनमा “श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२” भव्य रूपमा आयोजना गरिने भएको छ।
कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजकले सनातन धर्मको प्रवर्धन, आध्यात्मिक चेतनाको जागरण तथा हरे कृष्ण अभियानलाई अघि बढाउने उद्देश्यले महाउत्सव आयोजना गरिएको बताए।
भक्ति शिद्धान्त दास ब्रह्मचारीको अध्यक्षतामा हुने उक्त महाउत्सव बिहान ७:३० बजेबाट सुरु हुनेछ। दर्शन-आरती, कृष्ण कथा, विश्व शान्ति महायज्ञ, भजन-कीर्तन, नाट्य प्रस्तुति, महाभिषेक, ५६ भोग र राति १२ बजे विशेष महाआरती लगायतका विविध कार्यक्रम रहनेछन्। कार्यक्रममा सुप्रसिद्ध भजन गायक राजु अधिकारी र रोशन अधिकारीको टोलीले सांगीतिक प्रस्तुति दिनेछ।
महाप्रसाद निःशुल्क वितरण गरिने कार्यक्रमबाट पाँच हजारभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ। झापासहित भारतका विभिन्न क्षेत्रबाट समेत दशौं हजार भक्तजनको सहभागिता रहने आयोजकले जनाएको छ।
साथै, बालाजी मन्दिरद्वारा आयोजित रथ यात्रामा समेत भजनस्थलीको सहभागिता रहनेछ, जसले बिर्तामोड नगर परिक्रमा गर्नेछ।
धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आयोजक समितिको अनुरोध छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१