तीज नेपालमा विशेषगरी हिन्दु नारीहरूले धुमधामका साथ मनाउने महत्वपूर्ण पर्व हो । भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्वलाई हरितालिका तीज पनि भनिन्छ । तीजलाई भगवान् शिव र पार्वतीको मिलनसँग सम्बन्धित मानिन्छ । यस दिन महिलाहरूले पानी पनि नखाइ निराहार ब्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ ।
तीजको धार्मिक महत्व पनी छ जुन देवी पार्वतीले कठोर तपस्या गरेर भगवान् शिवलाई वर पाएको दिनको सम्झनामा मनाइन्छ भन्ने मान्यता छ । त्यसैले विवाहित महिलाले आफ्नो पतिको दीर्घायु, स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै ब्रत बस्छन् भने अविवाहित युवतीहरूले भने मनपर्ने वर पाउने इच्छा राखेर पूजा गर्छन् ।
तीज सुरु हुनु अघिल्लो दिन महिलाहरू आफ्नो घर–परिवार, साथी–भाइ दिदी–बहिनीहरू इस्ट मित्र भेला भई स्वादिष्ट परिकार विशेष गरी ढकने जस्ता खानेकुरा बनाई रमाइलो गर्दै “दर खान्ने” परम्परा छ । भाद्र शुक्ल तृतियाका दिन बिहानै महिलाहरु स्नान गरेर दिन भर पानी सम्म नखाई निराहार ब्रत बस्ने चलन छ । कतिपय स्थानमा घाम अस्ताएपछी फलाहार गरेर पनि तीज मनाइन्छ । दिनभरि महिलाहरू रातो–हरियो र सुन्तले रंगका लुगा, गर गहनाले सजिएर शिव–पार्वतीको पूजा अर्चना गर्छन र नाचगान गर्दै रमाइलो गर्छन ।
तीजको अर्को महत्वपूर्ण पक्ष भनेको नाच गान र रमाइलो हो । टोल, गाउँ–सहरमा दिदीबहिनी भेला भई तीजका गीत गाउने, नाच्ने, आफ्ना दुःख–पीडा पोख्ने र सामाजिक सन्देश प्रवाह गर्ने परम्परा रहेको छ । विगतमा तीजका गीतहरूमा नारीको पीडा, मायाप्रेम र जीवनका संघर्ष झल्काइन्थे भने अहिलेका गीतहरूले शिक्षा, समानता, महिला अधिकार, दाइजो विरोध र समाज सुधारको सन्देश पनि दिन थालेका छन् । तीज केवल धार्मिक मात्र नभई सामाजिक मिलनको पर्व पनि हो । दाजु भाइले विदेश, सहर वा टाढा भएका दिदीबहिनीहरू यस अवसरमा आ–आफ्नो घरमा बोलाइ दर खुवाउने चलन छ जस्ले गर्दा आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ गाढा बनाउछ ।
पहिला–पहिला तीज मुख्यतया पूजा र व्रतमा केन्द्रित हुन्थ्यो । तर अहिले आधुनिकतासँगै सामूहिक नृत्य, तीज महोत्सव, मेला र विभिन्न सांस्कृतिक कार्यक्रमहरूले यसको स्वरूप फराकिलो बनाएको छ । कतिपयले यसलाई “नारीको आत्म–अभिव्यक्ति र अधिकारको पर्व” पनि भन्न थालेका छन् । शुभकामना
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१