झापा । झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् ।
उनीहरूले नाबालिकालाई पाथीभरा सामुदायिक वनमा लगेर डरत्रास देखाउँदै तथा ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
नाबालिकाकी आमाले हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले खत्री र तामाङलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
पालिका सन्देशबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१