1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ९ सोमबार

बिर्तामोड–८ मा तीज मिलन तथा सांस्कृतिक कार्यक्रम हुने, तयारी पूरा



 झापा ।   झापाको बिर्तामोड नगरपालिका–८, गरामनी बजारमा सदाका वर्षमा झैँ यस वर्ष पनि तीज मिलन तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ ।

स्थानीय महिला दिदीबहिनीहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

भदौ १० गते बिहान ११ बजे गरामनी मन्दिरको प्राङ्गणमा हुने कार्यक्रमका लागि विभिन्न प्रतियोगिता तथा सांस्कृतिक झलक प्रस्तुत गरिनेछ ।

कार्यक्रममा नृत्य प्रतियोगिता, हण्डी फुटाइ प्रतियोगिता लगायत आकर्षक प्रतिस्पर्धात्मक कार्यक्रमहरू हुनेछन् ।

साथै सामूहिक नृत्य, भजन–कीर्तन, लोक तथा आधुनिक गीतसंगीतका प्रस्तुति समेत रहनेछन् ।

कार्यक्रमको प्रमुख उद्देश्य तीज पर्वका अवसरमा ब्रत बसेका महिलाहरूलाई रमाइलो गराउनु, उनीहरूको श्रद्धा, भक्ति र उत्साहलाई साझा मंचमा अभिव्यक्त गराउन अवसर दिनु रहेको आयोजक समितिकी अध्यक्ष पुष्पा श्रेष्ठले जानकारी दिनुभयो ।

“तीजमा महिलाहरू दिनभरि ब्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् ।  उनीहरूलाई खुसीयालीसाथ रमाउन, गीत–नृत्यमा सहभागी हुन सक्ने वातावरण तयार पार्नकै लागि यो कार्यक्रम गर्ने गरिन्छ,” श्रेष्ठले भन्नुभयो ।

बर्षेनि निरन्तरता पाएको यो कार्यक्रममा नगरका विभिन्न संघसंस्था, व्यापारी, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको सहयोग रहनेछ ।

श्री दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिले व्यवस्थापन गर्ने सो कार्यक्रमलाई बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरू,  समाजसेवी र स्थानीय बासिन्दाको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई रहनुहुने छ भने विभिन्न अतिथिहरूको पनि सहभागिता रहनेछ ।

सांगीतिक मनोरञ्जन मात्र नभई सांस्कृतिक परम्पराको संरक्षण, महिला एकता र सामुदायिक सहकार्यलाई अझ मजबुत बनाउने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment