1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ४ सोमबार

बिर्तामोडमा पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयसम्बन्धी शैक्षिक अवलोकन कार्यक्रम हुने



झापा ।   उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान इच्छुक विद्यार्थीलाई लक्षित गर्दै बिर्तामोडमा शैक्षिक अवलोकन कार्यक्रम हुने भएको छ ।

सुवेदी एण्ड एशोसिएट्स बिर्तामोड र राइट एजुकेसनल सर्विसेज प्रालिको संयुक्त आयोजनामा आगामी भदौ २४ गते बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्डमा कार्यक्रम आयोजना हुने जानकारी आयोजक संस्थाले दिएको छ ।

सुवेदी एण्ड एशोसिएट्सका प्रबन्ध निर्देशक रोशन सुवेदीका अनुसार यसअघि झापाका विद्यार्थीलाई शैक्षिक परामर्शका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने गरी बिर्तामोडमै पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयसँग प्रत्यक्ष परामर्शको अवसर मिल्नेछ ।

राइट एजुकेसनल सर्विसेज प्रालिका प्रबन्ध निर्देशक नविन बोहोराले दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तो खर्चमा उपलब्ध हुने भएकाले पछिल्लो समय विदेशी विद्यार्थीको आकर्षण बढिरहेको बताए । उनका अनुसार कोरियाले सन् २०२७ सम्ममा तीन लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य लिएको छ र त्यसमा नेपाली विद्यार्थी पनि आकर्षित भइरहेका छन् ।

कार्यक्रममा दक्षिण कोरियाका ह्युपसुङ युनिभर्सिटीका एड्मिसन मेनेजर ली योङ हुन, इन्टरनेशनल एड्मिसन अफिसर चुङ मीओन तथा चुंगबुक हेल्थ एण्ड साइन्स युनिभर्सिटीकी प्रोफेसर ली मीले प्रत्यक्ष रुपमा विश्वविद्यालय, विषय तथा अवसरबारे जानकारी दिनेछन् ।

दक्षिण कोरियाली शिक्षा प्रणालीबारे प्रत्यक्ष जानकारी लिन विद्यार्थी र अभिभावकलाई अवसर मिल्ने भएकाले कार्यक्रममा सहभागी भई लाभ लिन आयोजक संस्थाले आग्रह गरेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment