1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ४ सोमबार

दुर्गा मा.वि. गरामनीको क्षतिग्रस्त भवन पुनर्निर्माणमा आदर्श स्कुलको पहल



झापा । झापाको बिर्तामोडमा रहेका आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको दुर्गा मा.वि. गरामनिको भवन पुनर्निर्माणको नेतृत्व गर्ने घोषणा गरेका छन्।

आन्दोलनको तातोमा विध्यालयको संरचना र भौतिक सामग्री जलेर नष्ट भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । त्यही अवस्थामा शिक्षा क्षेत्रप्रति उत्तरदायित्व महसुस गर्दै यी दुई निजी शैक्षिक संस्थाले पुनर्निर्माण अभियान थालनी गरेका हुन्।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक निर्देशक सञ्जोग खरेलले पुरानै वातावरणमा विद्यार्थीलाई सहज पढ्न पाउन सहयोग गर्न लागि परेको बताउनुभयो ।

यस अभियानमा अन्य निजी शैक्षिक संस्थाहरू पनि जोडिँदै गएका छन्। लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले अभियानलाई अझ व्यापक बनाउन स्थानीय शैक्षिक संस्थाहरूसँग सहकार्य सुरु भएको बताउनुभयो ।

हालसम्म न्युटन्स एजुकेसन फाउन्डेसन, गोमेन्द्र बिर्तामोडल स्कुल र निदि मा.वि. पनि पुनर्निर्माण अभियानमा सहभागी भइसकेका छन्।

उक्त भवनमा कक्षा २, ३, ४ र ५ पढाइ हुँदै आएको थियो । तत्काल कक्षा ६ र ७ लाई समेत त्यही भवनमा सार्ने तयारी रहेको विध्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटिले जानकारी दिनुभयो।

उक्त भवनमा गरामनि क्याम्पसका कक्षाहरु समेत बिहानी सत्रमा संचालन भइरहेका थिए भने क्याम्पसको प्रशासन समेत यहि भवनमा रहेको थियो । क्याम्पसको आफ्नै भवन निर्माण भएको भएपनी हाल सम्म विध्यालयकै भवनमा संचालित छ । क्याम्पसको भवन भने एकान्तमा भएकाले दुर्ब्यसनिको अखडा भएको स्थानियबासिको आरोप रहेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment