1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ४ सोमबार

तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट असोज २५ देखि सुरू हुने



पाँचथर- मिक्लाजुङमा हुने तेस्रो मिक्लाजुङ प्रिमियर लिग (MPL) क्रिकेट प्रतियोगिता आगामी असोज २५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भएको छ।
मिक्लाजुङ क्रिकेट एसोसिएसनको आयोजनामा हुने यो प्रतियोगिता रवि स्मृति मिक्लाजुङ खेलमैदानमा हुनेछ।

प्रतियोगितामा आठ टोलीहरू फिदिम क्रिकेट क्लब, पारुहाङ क्रिकेट टिम, मङ्गलबारे क्रिकेट टिम, इलाम क्रिकेट एकाडेमी फर युथ, याक्खेवा क्रिकेट टिम, सप्तमी क्रिकेट टिम, कुरुम्बा क्रिकेट टिम र रवि कर्मचारी क्रिकेट टिम  बीच प्रतिस्पर्धा हुनेछ।

विजेता टोलीले नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विधागत पुरस्कार सहित नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘गेम अफ नेपाल’ र ‘पाँचथर रवि’ फेसबुक पेजबाट हेर्न सकिनेछ।

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment