झापा । फूलहरूको पर्व तिहार नजिकिँदै गर्दा सुनौलो रङ र मीठो सुगन्ध बोकेर फुल्ने सयपत्रीले खेतबारीदेखि बजारसम्म रौनक बढाउन थालेको छ ।
लक्ष्मीपूजा, घर सजावट, दिदीबहिनीले पहिर्याइदिने माला र अतिथि सत्कार सँगै हरेक संस्कारमा सयपत्री अनिवार्य झैँ बनेपछि यसको माग दिनहुँ चुलिँदो छ ।
विर्तामोड–७ का युवा किसान विवेक साह दुई बिघा जमिनमा व्यावसायिक रूपमा फूल फुलाइरहेका छन् ।
“फूल लगाउन मात्रै सके पुग्दोरहेछ, ग्राहकको अभाव नै हुँदैन रहेछ,” उनी भन्छन्। अहिले दैनिक ३०० माला बिक्री गर्दै साहले स्थानीयलाई रोजगारी समेत दिएका छन् । अविरल वर्षाले करिब १० हजार माला बराबरको फूल नष्ट गरे पनि “हेर्दै रहर लाग्ने गरी फुलेको फूलले आशा भने दिएको छ,” उनी भन्छन्।
साहको फूलबारी अब त केवल खेत नभई सौन्दर्यको चित्र बनिसकेको छ, जहाँ टिकटक र भिडियो खिच्न आउनेको भीड लाग्छ । प्रति माला ५० रुपैयाँको दरले बिक्री भइरहे पनि तिहारमा मूल्य परिस्थितिअनुसार समायोजन हुने अपेक्षा गरिएको छ ।
जिल्लाका विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत ठाउँमा सयपत्री खेती विस्तार हुँदै गएको छ । मौसमका चुनौतीबीच पनि किसानको आशा र मेहनतले तिहारको उज्यालो जस्तै सुनौलो भविष्यको संकेत दिइरहेको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१