झापा । झापा मेचीनगर – १३ स्थित हातेमालो सामुदायिक वन भित्र आज बिहान ११ बजे आगजनी गरिएको कारको पहिचान खुलेको छ ।

उक्त कार शिवसताक्षी नगरपालिका १० माइधारका ३३ वर्षिय सरोज शर्माको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा शर्माको चप्पलसमेत फेला परेको छ ।
शर्मा कारमा आगजनी गरेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी ४ दिन अघिदेखि मोबाइल अफ गरेर परिवारको सम्पर्क बाहिर रहेको बुझिएको छ ।
उनको खोजी भइरहेको जनाएको छ ।
इजलास दैनिकबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

