1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर ७ सनिबार

स्वास्थ्यकर्मी महासंघद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र



झापा ।  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल (झापा जिल्ला कार्यसमिति) ले स्वास्थ्यकर्मीको हक–अधिकार, पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ।

महासंघका जिल्ला अध्यक्ष भरत खतिवडाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा भनिएको छ, “देशभरका स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवाको प्रवाह, संस्थागत विकास र जनस्वास्थ्य सुधारका लागि निरन्तर खटिरहेका छन्, तर सरकार र सम्बन्धित निकायबाट उनीहरूको हक–अधिकार, सुरक्षा र पेशागत सम्मानप्रति बेवास्ता बढ्दै गएको छ।”

महासंघले लामो समयदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारलाई आग्रह गर्दै आएको तर मागहरू बेवास्ता भएपछि बाध्य भएर चेतावनीस्वरूप ज्ञापनपत्र बुझाइएको जनाएको छ।

पत्रमार्फत महासंघले तीन मुख्य माग अघि सारेको छ :-
१. निजि, सरकारी, गैरनिजि तथा गैरसरकारी स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई समान रूपमा राज्यले अपनाउने नीति अनुसार सम्मानजनक तलब–भत्ता प्रवाह गरियोस् र सरकारले तोकेको पारिश्रमिक अबिलम्ब कार्यान्वयन गरियोस्।
२.सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीका रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी।
३.कानून विपरीत स्वास्थ्यकर्मीको पेशागत अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नचाल्न सरकारलाई सचेत गराउने।

महासंघले स्वास्थ्यकर्मीका हक–अधिकार र सुरक्षाप्रति राज्य गम्भीर नभए देशभर आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा झापाका विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment