1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर ७ सनिबार

सरकार र दुर्गा प्रसाइको टोली बिच बार्ता



झापा ।  गृहमन्त्री ओमप्रकाश अर्यालले व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरुसँग वार्ता गरेका छन् ।

करिब अढाइ घन्टा चलेको वार्तामा प्रसाईंको टोलीले २७ बुँदे मागपत्र पेश गर्यो ।

मागपत्रमा बैकको ऋण मिनाहा गर्नेदेखि लिएर प्रदेश संरचना खारेज गर्नुपर्नेसम्मका मागहरु समेटिएका छन् ।

वार्ताबाट निस्किएका प्रतिनिधिहरुले गृहमन्त्रीबाट सकारात्मक जवाफ मिलेको बताए ।

वार्ता टोलीका एक सदस्य भने, ‘गृहमन्त्रीले हाम्रो मागहरु संवेदनशील छन् र यसप्रति हामी सकारात्मक छौं भन्नुभएको छ ।

मन्त्रालय र सरकारले यसलाई विशेष ध्यान दिएर अघि बढाउने उहाँको भनाइ छ ।’

यदि सरकारले मंसिर ७ अगाडि नै माग पूरा गरे आन्दोलन स्थगित हुन सक्ने प्रसाईंको वार्ता टोलीले जनाएको छ ।

इजलास दैनिकबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment