झापा । नेल्टाले दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरेको छ ।

भोलिबाट सुरु हुने सम्मेलन दुई दिन सम्म चल्ने नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराइले जानकारी दिनुभयो ।
सम्मेलनमा नेल्टाले सुरक्षा मापदण्डभित्र रहेर शैक्षिक बहस मात्र गरिने स्पष्ट पारेको छ ।
नेल्टाका प्रथम उपाध्यक्ष जयराम खनालले असहज अवस्थामा पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र १५ भन्दा बढी राष्ट्रको सहभागिता हुनुलाई नेल्टाको निरन्तर उलब्धी मान्न सकिने बताउनु भयो ।
सम्मेलनलाई अमेरिकन राजदूतावासको ‘रेलो’, ब्रिटिश काउन्सिल र विभिन्न शैक्षिक संस्थाहरूले सहयोग गरेका छन् ।
सन् १९९२ मा स्थापना भएको नेल्टा नेपालमा अङ्ग्रेजी भाषा शिक्षणको गुणस्तर उकास्ने उद्देश्य बोकेको गैर-राजनैतिक संस्था हो ।
हाल यसका सातै प्रदेश र ६५ जिल्लामा शाखा विस्तार भएका छन् भने ५ हजार ७ सयभन्दा बढी आजीवन सदस्यहरू आबद्ध छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

