झापा । बिर्तामोड–५ को न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाईन न्युज पाेटलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ ।
न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज (शुक्रवार) पत्रकार न्याैपानेले पत्रकारिता क्षेत्रबाट पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै उनलाई दाेसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएकाे हाे । झापा बिर्तामाेड स्थायिबासी पत्रकार न्याैपाने दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । पत्रकार न्याैपाने शैक्षिक, आर्थिक, सामाजिक लगायतका बिद्या सहित खाेजमुलक रिपोर्टिङमा दख्खल राख्छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीआँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ,
न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतले सम्मान गरेका हुन् ।
साथै कार्यक्रममा शिक्षासेवी, बिद्यार्थी, अभिभावक, शिक्षकलाई पनि सम्मान गरिएको छ ।

न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाई, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्वा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षासेवीका रुपमा गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो ।
यसैगरी गरी उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, बिद्यालयका सञ्चालक आशिष प्रसाई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी अनन्य खरेलले स्वागत गरेका थिए ।
सोही कार्यक्रमकाबिच न्यूटन्स एकेडेमीले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै सरस्वती माबि, कनकाई आदर्श बिद्या मन्दिर घैलाडुब्बा र आठराईको बिद्यालयलाई जनही ३ लाख १० रुपैयाँको अक्षयकोष र बिर्तामोडको मदरसा तालिमूल कुरान बिद्यालयलाई ५० हजार सहयोग गरेको छ ।
कार्यक्रममा बिद्यालयको गतिविधिका बिषयमा प्रिन्सिपल देबेन्द्र हुमागाईले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त), नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत शिक्षासेवी, अभिभावक, समाजसेवीलगायतका आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र शिक्षीका पवित्रा पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, गजल, नाटकप्रस्तुत गरेका थिए
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

