1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ फागुन ४ सोमबार

कृत्रिम बुद्धिमत्ता विषयक अन्तर्राष्ट्रिय सम्मेलन २०२६ आयोजना हुने



झापा – सूचना प्रविधि तथा इन्जिनियरिङ क्षेत्रमा अध्ययन–अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ”  International Conference on Recent Trends in Artificial Intelligence (ICRTAI 2026)” आयोजना गरिने भएको छ।

सम्मेलन र कहिले गर्ने भन्ने औपचारिक घोषणा चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनमा विश्वभरका नवप्रवर्तक, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहनेछ। यस संस्करणलाई IEEE तथा Springer सँगको प्राविधिक सहकार्यमा सम्पन्न गर्ने तयारी गरिएको छ, जसबाट शैक्षिक प्रभावकारिता र अन्तर्राष्ट्रिय पहुँच अझ मजबुत हुने अपेक्षा गरिएको छ।

सम्मेलन सफल बनाउन प्रा. डा. जे.के. मण्डल, प्रा. डा. सुदन झा, प्रा. डा. सुबर्ण शाक्य, प्रा. डा. मनीष पोखरेल, सह–प्राध्यापक डा. शरद सिन्हा, सह–प्राध्यापक डा. दीपाञ्जल श्रेष्ठ, डा. ऋतु राज लम्साल र डा. उमेश आचार्य ,मेची क्याम्पस आइटी प्रोफेसर प्रा सुनिल शर्मा, लगायत एनडिएफ (NDF) टिमका सदस्यहरूको विशेष योगदान रहेको आयोजकले जनाएको छ। उनीहरूको मार्गदर्शन र सहयोग सम्मेलनको आधारस्तम्भ भएको उल्लेख गरिएको छ।

आयोजकले आईटी तथा इन्जिनियरिङ क्षेत्रबाट कम्तीमा ७५० जना सहभागी रहने अपेक्षा गरेको छ। सम्मेलन कार्यक्रम टेलिभिजन, सामाजिक सञ्जाल,  तथा अनलाइन मिडियामार्फत प्रत्यक्ष प्रसारण तथा प्रकाशन गरिने जनाइएको छ।
यो सम्मेलनमा सहभागी हुनका लागि आईटी/इन्जिनियरिङ क्षेत्रमा आवद्ध इच्छुक व्यक्ति तथा संस्थालाई सहकार्य र साझेदारीका लागि आयोजकले आह्वान समेत गरेको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment