1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ मंसिर ६ सनिबार

सुडानको ओम्दुरमानमा भोकै विद्यालय जान बाध्य बालबालिका



झापा  ।   सुडानको खार्तुमस्थित ओम्दुरमानमा युद्धका कारण प्रभावित बालबालिका भोक र खाद्य अभावबीच विद्यालय जान बाध्य भएका छन् ।

सन् २०२३ अप्रिलमा युद्ध शुरु भएपछि बन्द भएको ओम्दुरमानको मोडेल स्कुल गत सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आएको छ ।

तर विद्यालय खुले पनि विद्यार्थीको पोषण र पर्याप्त खानाको समस्या भने कायमै छ ।

केही विद्यार्थी घरबाट सामान्य खाजा बोकेर विद्यालय पुग्छन् भने केहीले सहपाठीले ल्याएको खाना बाँडेर खाने गरेका छन् ।

विद्यालयका विद्यार्थी अरिघी अहमदकाअनुसार उनीहरू घरबाट फुल (बकुल्ला) वा पास्ताजस्ता सामान्य खाना ल्याउने गर्छन् ।

खाना नल्याएका साथीहरूलाई पनि आफूले ल्याएको खाना बाँडेर खाने गरेको उनले बताए ।

विद्यालयका शिक्षक खालिद अब्देल–जलीलले विद्यार्थीले ल्याउने खाजाको दैनिक निरीक्षण गर्ने गरेको जानकारी दिए ।

अधिकांश विद्यार्थीले किसरा नामक परम्परागत रोटी, गोरासा र भिण्डीको झोलजस्ता सामान्य खाना ल्याउने गरेका छन् ।

उनका अनुसार विद्यालयमा खाजा नल्याउने विद्यार्थीलाई खाना ल्याउने अन्य विद्यार्थीसँग मिलाएर खाने व्यवस्था पनि गर्ने गरिएको छ ।

खानाको भिन्नताका कारण कुनै पनि विद्यार्थीले आफूलाई कमजोर वा विभेदमा परेको महशुस नगरून् भन्नेमा विद्यालयले ध्यान दिँदै आएको उनले बताए ।

तर विद्यार्थीमा थकान र पढाइप्रति ध्यान केन्द्रित गर्न नसक्ने समस्या देखिन थालेपछि विद्यालयमा नियमित खाना कार्यक्रम आवश्यक भएको शिक्षकहरूको भनाइ छ ।

विद्यालयकी प्रधानाध्यापक रिया सत्तीले विद्यार्थीलाई पौष्टिक तथा सन्तुलित खाना उपलब्ध गराउन विद्यालयमै भोजनालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का अनुसार यस वर्ष सुडानका करिव ४२ लाख बालबालिका गम्भीर कुपोषणको जोखिममा पर्ने अनुमान गरिएको छ ।

सुडानमा जारी युद्धले शिक्षा प्रणालीसँगै बालबालिकाको खाद्य सुरक्षा र पोषणमा समेत गम्भीर असर पारेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर