झापा बाहिर समाचार
जेन्जी आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस
झापा । जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ। राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई पार्टीभित्र उदाउँदै गरेका प्रभावशाली र सम्भावनाशील युवामध्ये एकका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार, समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई सिफारिस गरिएको हो। एक दशकदेखि निरन्तर व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन्जी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए। उनले शासकीय स्वरूप र सार्वजनिक संस्थाहरूको पुनर्संरचनाको मुद्दालाई जबरजस्त अगाडि बढाएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा उक्त आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा सशक्त प्रस्तुति र स्पष्ट दृष्टिकोणका कारण चिनिएका युवा नेता हुन्। उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ। आगामी निर्वाचनमा हमाल सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिएको छ। पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा राष्ट्रिय पहिचान बनाइसकेका युवा नेताका रूपमा हमालले सुर्खेत–१ मा बलियो राजनीतिक पकड जमाउन सक्ने आँकलन गरिएको छ।
धनकुटामा माइक्रोबस दुर्घटना, एकको मृत्यू, १४ घाइते
झापा । धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । १४ जना घाइते भएका छन् । मृत्यू हुनेमा संखुवासभाको सभापोखरी २ कि ८२ बर्षिया सबिता कालाखेती रहेको धनकुटा प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी […]
नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रह लोकार्पण
झापा । कवि नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ विराटनगरस्थित विष्णुमाया पुस्तकालयमा एक समारोहका बीच लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि बलराम पोखरेललगायत अतिथिहरूले संयुक्त […]
अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति
झापा । अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति पुगेको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा मात्र ४ हजार […]
सप्तरीको राजगढमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु
झापा । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा गएराति भएको प्रहरी कारबाहीका क्रममा एक स्थानीय बासिन्दाको ज्यान गएको छ। प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। घटना गएराति साढे […]
सम्पत्ति विवादले भाउजूमाथि ज्यान लिने स्तरसम्म पुर्यायो
झापा । मोरङको रतुवामाई नगरपालिका–६ मा भएको एक पारिवारिक हत्या प्रकरणमा प्रहरी अनुसन्धानले गम्भीर खुलासा गरेको छ। अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण एक व्यक्तिले आफ्नै भाउजूमाथि ज्यान लिएको पुष्टि भएको हो। ६० वर्षीया टीकामाया कार्की […]
पाँचथरको हेवाखोलामा फेरि दोहोरियो पुल भत्किने त्रास, निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते
झापा । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेचीराजमार्गअन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज पुल फेरि भ त्किएको छ। आज साँझ भएको यो दुर्घटनामा ६ जना मजदुर घाइते भएका छन्, जसमा ४ जनाको अवस्था गम्भीर […]
इलामको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु
झापा । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका […]
आज देशभर लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
झापा । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को […]
