1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ मंसिर ५ शुकर्बार

स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु



झापा ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल शुरु गरेको छ ।

शुक्रवार आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, प्रतिपक्ष दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन् ।

त्यस्तै, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायतका नेताहरूको पनि सहभागिता रहेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो ।

छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन तथा दलहरूको सुझावका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment