1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १७ बुधबार

मेचीनगरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति



झापा ।   झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार राति करिब १ बजे स्थानीय पूर्णचन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे कच्ची घरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगो फैलिँदै घरसँगै टाँसिएको गोठमा समेत पुगेपछि दुवै संरचनामा क्षति पुगेको थियो।

मेचीनगर नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो करिब एक घण्टापछि राति २ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट घर आंशिक रूपमा क्षति भएको छ भने घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात, आधा तोला सुन, ५० हजार रुपैयाँ नगद तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गर्ने तथा थप अनुसन्धान गर्ने कार्य गरिरहेको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment