1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २२ आइतबार

सरकारी कामकाजमा राजवंशी जातिको भाषालाई प्रयोगमा ल्याउनु पर्ने माग



झापा

प्रदेश १ का सरकारी कामकाजको भाषामा राजवंशी जातिको भाषालाई पनि प्रयोगमा ल्याउनु पर्ने राजवंशी समुदायका अगुवाहरूले माग गरेका छन्  बुधवार जिल्लाका राजवंशी समुदायको अगुवाहरू बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारसमक्ष उक्त माग राखेका हुन् ।

झापा, मोरङ र सुनसरीमा परापूर्व कालदेखि बसोबास गर्दै आइरहेका राजवंशी जातिको भाषालाई भाषा आयोगमा सिफारिस नगर्नु दुर्भाग्यपूर्ण भएको भाषाविद्  तुलाराम सिंह राजवंशीले बताए ।  प्रदेशको जनसङ्ख्या,  भाषा बोल्नेहरूको जनसङ्ख्या, एक भन्दा बढी पालिकामा बोलिने भाषा, भाषा लेखन प्रणालीको विकास र प्रयोग,  ऐतिहासिकता र पहिचानको यथेष्ट प्रमुख आधारहरू राजवंशी समुदायका जातिमा पर्याप्त हुदाँ हुँदै पनि हाम्रो भाषालाई सरकारले वञ्चित गराएको उनको भनाई छ । भाषाकै विकास क्रममा राजवंशी भाषामा विभिन्न साहित्य, पत्रपत्रिका , विद्युतीय सञ्चारमाध्यममा मात्र नभई हिन्दु धर्म शास्त्रको महान् ग्रन्थ गीता पनि राजवंशी भाषामा अनुवाद गरिएको इतिहास छ ।

भाषा विकासमा महत्त्वपूर्ण योगदान गरेका अनुवादक, लेखक, पत्रकार तथा प्राज्ञ पवन राजवंशीले प्रदेश सरकारको सरकारी कामकाजी भाषाको मान्यता नपाउनुमा दुखद भएको बताए ।  कोचिला प्रदेशको माग राख्दै आन्दोलित रहेका तीन जिल्लाका आदिवासीहरूलाई राजनैतिक रुपमा कमजोर पार्नका लागी षडयन्त्रपूर्ण ढङ्गले भाषा आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले षडयन्त्र गरेको र यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीले बताए ।

कोचिला सङ्घर्ष समितिका अध्यक्ष त्रिनारायण राजवंशीको अध्यक्षतामा सम्पन्न भएको भेलामा राजवंशी धर्म संस्कार समिति झापाका अध्यक्ष लखन राजवंशी, गनगाई कल्याण परिषद् उपाध्यक्ष सन्तोष गणेश, कोचिला राष्ट्रिय मूर्ति मोर्चा झापा संयोजक जीत बहादुर राजवंशी, कोचिला गाभूर फ्रन्ट झापा पूर्व अध्यक्ष  खगेन राजवंशी,  कोचिला एकता जागरण समिति झापाका अध्यक्ष हंस राजवंशी र नेत्रहीन सङ्घ झापा सचिव दिलकुमार राजवंशी लगायतले आआफ्ना बिचार राख्दै प्रदेशमा राजवंशी जातिको भाषालाई मान्यता दिनुपर्नेमा जोड दिएका थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment