1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

जिप्रका झापाको टोलीद्वारा बिर्तामोड ८ बाट तास सहित ११ जना नियन्त्रण



झापा ।  झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ बाट तास खेलिरहेको अवस्थामा रहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा तास नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

गए राति करिब १० बजेको समयमा प्राप्त गोप्य सूचनाका आधारमा बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तल्लामा छापा मारिएको प्रहरीले जनाएको छ ।

छापामारीका क्रममा घरधनीसहित ११ जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनीहरूबाट एक बुक तास, नगद २ लाख १५ हजार ५ सय ५रुपैयाँ र नौ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र थप अनुसन्धान जारी रहेको जिप्रकाले जानकारी दिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर