समाचार समाचार
जेन्जी आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस
झापा । जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ। राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई पार्टीभित्र उदाउँदै गरेका प्रभावशाली र सम्भावनाशील युवामध्ये एकका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार, समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई सिफारिस गरिएको हो। एक दशकदेखि निरन्तर व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन्जी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए। उनले शासकीय स्वरूप र सार्वजनिक संस्थाहरूको पुनर्संरचनाको मुद्दालाई जबरजस्त अगाडि बढाएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा उक्त आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा सशक्त प्रस्तुति र स्पष्ट दृष्टिकोणका कारण चिनिएका युवा नेता हुन्। उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ। आगामी निर्वाचनमा हमाल सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिएको छ। पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा राष्ट्रिय पहिचान बनाइसकेका युवा नेताका रूपमा हमालले सुर्खेत–१ मा बलियो राजनीतिक पकड जमाउन सक्ने आँकलन गरिएको छ।
चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा
झापा । जेनजी आन्दोलनप्रति समर्पित नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले शुक्रवार विहीवार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र प्रदर्शन मितिबारे […]
काँकरभिट्टाबाट पहिलो चौमासिकमै ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, […]
पत्रकारीताको लामो अनुभवसँगै राजनितिमा आएका वाग्ले पनि एमालेको महाधिवेशन प्रतिनिधिका दावेदार, झापामा ३८ प्रतिनिधिका लागि १४८ जनाको उम्मेदवारी
झापा – नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि झापा क्षेत्र नम्बर २ बाट युवा कोटाका एकमात्र प्रतिनिधि छनोटका लागि बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष अनिल वाग्लेले उम्मेदवारी दिएका छन्। […]
एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ […]
विध्यालय पुन: निर्माणमा पूर्व शिक्षक, पूर्व विध्यार्थी र समाजसेवीको सकृयता
झापा । झापाको बिर्तामोड ९ गरामनिमा रहेको श्री दुर्गा मा.बि लाई विभिन्न सहयोग प्राप्त भएको छ । विध्यालयका पुर्व शिक्षक, विध्यार्थी र अन्य दाताहरुले विध्यालयलाइ आवश्यक सामाग्री उपलब्ध गराएका हुन । पुर्व शिक्षक खिल प्रसाद […]
मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन, त्रुटि सच्याउन मङ्सिर २१ देखि २७ गतेसम्मको समय
झापा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र […]
धनकुटामा माइक्रोबस दुर्घटना, एकको मृत्यू, १४ घाइते
झापा । धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । १४ जना घाइते भएका छन् । मृत्यू हुनेमा संखुवासभाको सभापोखरी २ कि ८२ बर्षिया सबिता कालाखेती रहेको धनकुटा प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी […]सरकार र दुर्गा प्रसाइको टोली बिच बार्ता
झापा । गृहमन्त्री ओमप्रकाश अर्यालले व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरुसँग वार्ता गरेका छन् । करिब अढाइ घन्टा चलेको वार्तामा प्रसाईंको टोलीले २७ बुँदे मागपत्र पेश गर्यो । मागपत्रमा बैकको ऋण मिनाहा गर्नेदेखि लिएर प्रदेश संरचना खारेज […]
