1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

झापाको हल्दिबारी सिमसार (भिडियो)



अच्युत सुबेदी, झापा
झापाको हल्दिबारी गाउँपालिकाले पूर्वाधार, कृषि सँगै पर्यटनको क्षेत्रमा समेत चासो देखाएको छ । गाउँपालिकाले वडा नम्बर २ भित्र रहेको भेलागुडी सिमसारलाई आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन शुरु गरेसँगै यहाँ पर्यटकहरुको आवागमन हुन थालेको छ ।

९६ हेक्टरमा फैलिएको यस सिमसार क्षेत्रलाई पूर्वको आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष गाउँपालिकाको छ । त्यसमध्ये ३ विगाहमा पोखरी छ । दोस्रो गाउँसभाबाट पारित गरी गौरवको आयोजनाको रुपमा भेलागुडी लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माणको समेत योजना रहेको छ ।

स्थानिय सँगै अन्य पालिका र जिल्लाबाट समेत यस पार्कमा घुम्न आउनेहरुको अहिले भिड लाग्ने गरेको छ । भेलागुडी सिमसार क्षेत्र हल्दिबारीको लागि मात्र नभएर पूर्वकै पर्यटकीय क्षेत्र बन्न लागेको छ । यहाँ दैनिक ५ देखि ७ सयसम्म पर्यटक घुम्न आउने गरेका छन् । पोखरीमा बनाइएको काठको पुल र शिवको मुर्ति, बनजंगलको शितल, बिभिन्न खेलाउना र सालिकले पर्यटकको मन लोभ्याउन थालेको छ । चार्डवार्डका बेला रमाइलो गरि घुम्न चाहनेहरुका लागि यो गतिलो गन्तव्य बनेको छ ।

करिब ४ करोड ७७ लाखको लागतमा अहिले पार्क निर्माणको काम भैरहेको छ । जसमा सामुदायिक संग्रहालय बनाउने, झाडी सफा गर्ने, तारबेरा गर्ने, बाटो विस्तारको काम अहिले भैरहेको हो । त्यस्तै नजिकैको देउनिया खोलामा तटबन्ध, काठे पुल, पोखरीको तटबन्ध, सामुदायिक भवन, शौचालय निर्माण जस्ता काम गर्ने गाउँपालिकाको योजना रहेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने योजनाका साथ गाउँपालिकाले ठेक्का सम्झौता गरेर काम गरिरहेको हो । हल्दिबारीको दृष्टि कृषि र पर्यटन मार्पmत समृद्वि भन्ने नाराका साथ अहिले गाउँपालिकाले काम गरिरहेको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनले बताउनुभयो ।

हल्दिबारीमा शहादत प्राप्त गर्ने शहीदहरुको सालिक बनाउने र चिल्ड्रेन पार्क निर्माण गर्ने योजना पनि गाउँपालिकाको रहेको छ । स्थानिय उपभोक्ता समितीले गत वर्ष यस ठाउँमा महोत्सव समेत लगाएको थियो । जसबाट १२ लाख रुपैयाँ आम्दानी भएको थियो । कोरोमा माहामारीका कारण यस बर्ष महोत्सबको योजना स्थगित भएको छ । त्यस्तै पोखरीमा गरिएको माछापालनबाट पनि वर्षेनि ५ लाख जति आम्दानी आउने गरेको वन समितिले जनाएको छ । यो रकमबाट समेत पार्क निर्माणमा मद्वत मिलिरहेको छ ।

[email protected]

Comment