1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

मर्मत नभएपछि स्थानीयद्वारा सडक अवरुद्ध



झापा –

हल्दिबारी २ अन्तरगतको क्यानरी बोर्डिङ स्कुलदेखि पूर्व सृजना चौकसम्मको सडकखण्ड यतिबेला स्थानीयबासीले बन्द गरेका छन् ।

अत्यन्त ब्यस्त उक्त सडक बर्खासँगै जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा समेत समस्या भएपछि बाध्य भएर आवतजावतमा अबरोध गर्नुपरेको स्थानीयले बताएका छन् । कन्स्ट्रक्सन कम्पनी तथा स्थानीय ठेकेदारहरुका टिपर, ट्रक, ट्याक्टर तथा ठूला सवारी साधनको अत्याधिक आवतजावतले सडक जीर्ण बन्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयको छ ।

त्यसैगरी हल्दिबारी– जलथल जोड्ने नेत्रमार्गअन्तर्गतको सडकखण्डको अबस्था पनि उस्तै जीर्ण रहेको छ । आवतजावतका हिसाबले नेत्रमार्ग पनि अत्याधिक ब्यस्त सडकमध्ये एक हो । बर्खाको झरी तथा ठूला सवारी साधनको आवतजावतबाट जीर्ण बनेका यी सडकखण्डको मर्मत तथा सम्भार समयमा नै हुन नसक्दा स्थानीयबासी समस्यामा परेका छन् ।

सामान्यतया बर्खाझरीले बिगारेका सडकको मर्मत गर्ने काम स्थानीय निकायको वडा कार्यालय तथा गाउँपालिकाको हो । तर, यहाँ सडकमा पैदल यात्रा गर्न समेत समस्या हँुदा स्थानीय निकायका जनप्रतिनिधि बेखबर बनेको गुनासो छ ।
सम्बन्धित निकाय वडा कार्यालय, गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बारम्बार मौखिक रुपमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडकमा नै अबरोध गर्नुपरेको एक स्थानीयको भनाइ छ । प्रतिदिन दैनिकबाट

 

[email protected]

Comment