1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

आलोपालो निषेधाज्ञाप्रति व्यवसायीको गुनासो



झापा –

बिर्तामोडका केही व्यवसायीले झापामा लागू गरिएको निषेधाज्ञाप्रति गुनासो गरेका छन्।विभिन्न व्यवसायमा गरिएको आलोपालो प्रणालीप्रति आफूहरु मारमा परेको भन्दै उनीहरुले गुनासो गरेका हुन्। बिर्तामोड–४ भद्रपुर बसस्टेण्डमा किराना तथा खुद्रा सामानको व्यवसाय गर्दै आएकी मञ्जु उप्रेतीले विहान १० बजेसम्म मात्र पसल खोल्न पाउने व्यवस्था गरेर प्रशासनले आफूहरुलाई अन्याय गरेको बताइन्। ‘विहान घरबाट आउँदा नै ७–८ बज्ने र पसल खोलेको केही समयमा नै बन्द गर्नुपर्छ । लामो समयपछि बजार खुल्ला भएपनि छोटो समयमा नै बन्द गर्न बाध्य बनाइएको छ ’ उप्रेतीले भनिन् ‘उतिकैमा हामी बाहेक अरु व्यवसायीलाई विहान १० बजेदखि साँझ ६ बजेसम्म पसल खोल्न दिइन्छ जुन हामीलाई भन्दा दोब्बर समय बढी हुन आउँछ ।’

त्यस्तै सोही क्षेत्रमा फलफूल व्यवसाय गर्ने व्यवसायी उत्तम चौधरीले पनि कोराना संक्रमण नियन्त्रण गर्ने भन्दै विहान छोटो समयावधिमा किराना पसलहरुमा अझ भीडभाड बढाउने नियम बनाएर राम्रो काम नगरेको बताए। बिर्तामोड–४ पुरानो बिजुली अफिस टोल निवासी चौधरीले भने– बसका यात्रुहरुमा निर्भर बसस्टेण्डका हामीजस्ता साना व्यवसायी बस चल्ने बेलामा पसल बन्द गर्नुपर्ने बाध्यता छ । हामीले व्यापार गर्नुको के अर्थ छ रु’ उनले ठूला– ठूला डिपार्टमेण्ट स्टोर तथा मिनी मार्केट भने विहानदेखि बेलुकासम्म भित्रभित्रै आधा सटर खोलेर व्यापार गर्ने गरेको बताउँदै मार साना व्यवसायीले खेप्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरे ।

फलफूल, तरकारी र खाद्यान्न पसलका सञ्चालकले पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अवैज्ञानिक र अव्यवहारिक भएको आरोप लगाउँदै आएका छन्। सड्ने वस्तुको ४ घण्टा र नसड्ने वस्तुको ८ घण्टा खोल्न दिएको अनुमति अव्यवहारिक भएको उनीहरुले बताएका छन्। प्रतिदिन दैनिकबाट

[email protected]

Comment