1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २४ बिहिबार

झापामा एक तला घरको रेलिङबाट खसेर ३६ वर्षीय युवकको मृत्यु



झापा –
झापामा एक तला घरको रेलिङबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका- १२ सहरेडाँगी बस्ने अन्दाजी ३६ वर्षीय दिलीप चेम्जोङ्ग रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार बेलुका ८ बजे आफ्नै घरको पहिलो तलाको रेलिङबाट खसेर चेम्जोङ्ग गम्भीर घाइते भएका थिए। उनी लडेको उनकै घरमा भाडा गरी बस्ने जुनु लिम्बुले देखेपछि तत्काल आफन्तलाई जानकारी गराई उपचारको लागी मनकामना हस्पिटल चारआली लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर