

झापा –
झापा बुद्धशान्ति ६ साविक शान्तिनगरमा जन्मिएका युवा गायक बीर पङ्धाकले “बाचा कसम” बोलको पुर्बेली भाका सार्बजनिक गरेका छन् । उदयिमान गायक पङ्धाकले मेरो अन्लाईन टिभी मार्फत सार्बजनिक गरेका निकै मन छुने पुर्बिली गितमा गायिका श्रेया राईले साथ दिएकी छिन । मनिस सङ्गम राईको उत्कृष्ट लय तथा शब्दमा सिर्जना भएको गितमा देविनबाबू राईले सङ्गीत भरेका छन । आदर्श लिम्बुले निर्देशन गरेको उक्त गितमा पुर्बेली गाउँबेसिको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ ।
म्युजिक भिडियोमा आन्तरिक पर्यटकहरुको लागि गन्तब्य बन्दै गरेको बुद्धशान्तिकै ठुटेबर, सतिगौडा वरपर कैद गरिएका दृष्यहरु निकैनी मनमोहक देकिएको छ । अन्जित श्रेष्ठले छायांकन र दिलमाया लिम्बुले कोरियोग्राफर गरेको भिडियोमा मोडल प्रेना लिम्बु र गायक पङ्धाक स्वयमले अभिनय गरेका छन । सानैदेखी पुर्बेली गितहरुमा रुचि राखेको र गाउने गरेको थिए, यहि क्षेत्रबाट केही गरुम भन्ने लागेको छ , उनले भने । फुलबुट्टे चोली, मरुभूमि , नदि तरि, छुच्चि लगायत दुई दर्जन बढी गित गाईसकेका पङ्धाकले श्रोता तथा गित सङ्गीत प्रेमिबाट पनि राम्रो प्रतिक्रिया आईरहेकाले आगामी दिनहरुमा गायन क्षेत्रमा थप हौसला मिलेको बताए ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

