1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्ने अभियान सुरु



झापा,
चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोड का सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदुर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना हुने स्थानमा होडिङ्ग बोड राखिएको समिति अध्यक्ष मदन बुढाथोकीले बताए ।
आज बिर्तामोड ३ स्थित बिर्ता बजार प्रहरी चौकी परिसरमा आयोजित एक कार्यक्रममा बिर्तामोड नगरपालिका उप-प्रमुख पबित्रा महतरा प्रसाईं एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराई पुर्वेलिका अध्यक्ष हरि बास्कोटा सचीव गणेश कोईराला र सामाजिक युवा कैलाश प्रसाईको उपस्थितमा सो सामाग्री हस्तान्तरण गरिएको हो । सवारीको चाप र बाल्लो हुस्सुले दुर्घटनाको जोखिम बड्न थालेको छ । यसलाई केही हद सम्म भएपनी न्यूनीकरण गर्न अट्टो चालक लाई तालीम दिइएको र विभिन्न रचनात्मक गतिविधि लाई सरोकारवाला स्थानीय संघ संस्था संग समन्वय गरि कार्यक्रम गरिएको पुर्वेलीका सचीव गणेश कोइरालाले बताए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर