1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

राजनितिमा युवाको चर्चा : सुरज प्रधानद्वारा अर्जुनधारा ११ को अध्यक्षमा उमेद्वारी



 

झापा –स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ । पछिल्ला समय स्थानीय तहरुमा युवाको ठुलो भुमिका रहन थालिसकेको छ । युवाको जोस र जागरका साथ राजनितिलाई नयाँपनमा मौलाइदिएको छ । देश, जनताका लागी युवा नेतृत्वको भनाइ यतिबेला चर्चा मात्र होइन ठुलै भुमिका खेलिरहेको छ । लड्दै आएका पुराना नेतालाई युवाले तर्साइदिएको छ।यतिबेला अर्जुनधारा नगरपालिका वडा नं ११ मा युवाको नेतृत्व सँगै सुरज प्रधानले उमेद्वारी दर्ता गर्नुभएको छ । उहाँले जानता समाजबादी पार्टीबाट उमेद्वारी दर्ता गराउनुभएको हो । युवाको जोस जागर सँगै अग्रजहरुले दर्साएको बाटोमा हिड्ने प्रधानले बताउनुभयो । त्यस्तै उक्त वडाबाट एमाले बाट खगेन्द्र इङनाम र काङ्ग्रेसबाट जगतबहादुर रानाले उमेद्वारी दिनुभएको छ ।

लामो समय संचार क्षेत्रमा आबद्व रहनुभएका २९ बर्षी युवा प्रधान फेसबुकमा लेख्नुहुन्छ  “ ब्यवस्था परिबर्तन हुँदै गए तर अवस्था परिबर्तन हुन सकेन । यो देशै भरिको समस्या रह्यो। केन्द्र देखि स्थानीय सरकार सम्म केही नगरपालिका र वडा बाहेक अरु स्थानीय तह केबल भ्रष्टाचार गर्ने अड्डा बने,  जनताको भोट लिएर नोट साट्ने थलो बनाए ।
म एउटा नेपाली नागरिक र युवाको नाताले मेरो ठाउँ क्षेत्रको अवस्थाको कुरा गरेर थाकी सके र म जस्ता जनताहरु थाक्दै जान थाले तसार्थ अब कसैलाई कराउनु भन्दा यो ठाउँ सुधार्न ब्यवस्थापन गर्न म आफै अघि बढ्ने निर्णयमा पुगेको छु ।
म जनता समाजवादी पार्टीको तर्फबाट अर्जुनधारा ११ बाट मेरो अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएको छु । मेरो वडा म बनाउनेछु तसर्थ तपाईहरुको अमुल्य भोट  चुनाव चिन्ह छातामा दिएर यो चुनावमा बिजय गराईदिन हुन अपिल गर्दछु ।  ”

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर