1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

नेपाली कथानक लघु चलचित्र “कोइला” को निर्माण सम्पन्न



बिर्तामोड – सामाजीक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र “कोइला” को निर्माण कार्य सम्पन्न भएको छ । युनिक मिडिया हाउसको व्यानरमा तयार भएको लघु चलचित्र “कोइला” मा कलाकार बन्ने सपना लिएर गाउँ देखि शहर पसेको र उसले गरेको संघर्षको कथालाई मुख्य बिषयबस्तु बनाइएको छ ।

राज शेर्माको लेखन तथा निर्देशन रहेको ‘कोइला ’ मा मिस झापा २०२१ कि फस्ट रनरअप सविना वस्नेत साथै आदर्श लिम्बु, राजन निरौलाको भूमिका रहेको छ ।

साथै परिवार बाट एक्लिएको एक व्यक्तिको जीवन ब्यथा पनि यस लघु चलचित्रमा समेटिएको निर्देशक राज शेर्मा बताउँछन् । उनका अनुसार रात सबैको भाग्यमा हुन्छ तर निन्द्रा नहुन सक्छ, कतिपय अवस्थामा राम्रो कलाकारहरु सहि ठाँउ नपाएर बिलाएर गएका छन् भन्ने तितो यथार्थ लाई चित्रण गर्न खोजिएको छ ।

नगेन धिमालले छायाङकन गरेको लघु चलचित्र “कोइला ” झापाको बिर्तामोडका विभिन्न स्थान समेटिएको छ ।

आगामी असार १७ गते लघु चलचित्र कोइला को प्रदर्शन गरीने निर्देशक शेर्माले बताए ।

Comment