1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार ३ आइतबार

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड र भद्रपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बिर्तामोड । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लि. प्रदेश नम्बर १ का बिर्तामोड र भद्रपुर शाखाले आफ्नो ५ आँै बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेको र पछिल्लो समय भाइरल ज्वरो, डेंगू लगायतका रोगका विरामी समेत रहेकाले त्यस्ता बिरामीलाई चाहिने रगत अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

बिर्तामोडको मुक्तिचोक उत्तरपट्टि दुर्गा मन्दिरको प्राङ्गडमा आयोजना गरिएको कार्यक्रममा ४४ जनाले रक्तदान गरेको कम्पनीका भद्रपुर शाखा प्रमुख केशव पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रश सोसाइटिको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कम्पनीमा आवद्व मानिस सँगै स्थानिय तथा बटुवाले समेत सहयोग गरेका थिए ।

यो सँगै प्रदेश १ का २ ठाउँ र देशभरका ९ ठाउँमा गरि ५ सय पाउण्ड भन्दा बढि रगत संकलन गरिएका कम्पनीका एक नम्बर प्रदेश प्रमुख मिलन दाहालले जानकारी दिनुभयो ।

Comment