1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

२ बर्स पछि असोज १८र १९ गते घैलाडुब्बामा भव्य दसै मेला लाग्दै



नेपालीहरुको महान चाड दशैंको अवसर पारेर झापाको कनकाई –९ घैलाडुव्वा बजारमा दुई दिवसिय दशै मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

घैलाडुब्बा युवा क्लव र नवदुर्गा मन्दिर घैलाडुब्बाको संयुक्त आयोजनामा असोज १८ गते मंगलबार महानवमी र १९ गते बुधबार विजयादशमीका दिन दशै मेला तथा सास्कृर्तिक कार्यक्रमको आयोजना गरिएको हो ।

मेलाको महानवमिका दिन विभिन्न जातजातीका संस्कृति झल्कने नृत्य, हण्डी फोर्नेलगायतका विविध खेल कार्यक्रम , मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम गरिने तथा विजयादशमीका दिन प्रतियोगितात्मक सन्थाल नृत्य गरी मेलाको समापन गरिने भएको छ ।

विजयादशमीका दिन गरिने प्रतियोगितात्मक सन्थाल नृत्यका विजेता प्रथमलाई २० हजार नगद, दोश्रोलाई १५ हजार नगद , तेश्रोलाई ११ हजार नगद ,सान्तवनालाई नगद र सहभागिलाई अन्य पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

झापाको कनकाई –९ घैलाडुव्वा बजारमा परम्परादेखि सन्थाल मेलाको आयोजना गरिँदै आइरहेकोमा यसवर्ष दुई दिवसिय दशै मेला तथा सास्कृर्तिक कार्यक्रमको आयोजना गरिएको घैलाडुब्बा बजार व्यवस्थापन समितिका अध्यक्ष सागर ढकालले बताए ।

सन्थाल समुदायको संस्कृति संरक्षण एवम् प्रर्वधन गर्ने उदेश्यले आयोजना गरिएको सन्थाल नृत्य प्रतियोगितामा सहभागिता जनाउन उनले झापाका सन्थाल नृत्य टोलिलाई आग्रह गरेका छन् ।

Comment