1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

जिम्बावेको राष्ट्रपतिमा मनाङ्गाग्वा निर्वाचित ।



जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो ।

आयोगका अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३-२४ को चुनावमा मनाङ्गाग्वाले अरु १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गर्नुभएको बताउनु भयो । मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताउनु भयो ।

जिम्बावेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बावेमा गएको बुधवार र बिहीवार मतदान भएको थियो । मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।

Comment