1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

बुद्धशान्तिमा वडा स्तरीय टि 10 क्रीकेट प्रतियोगिता हुँदै



झापा- झापाको बुद्धशान्तिमा असोज २८ गते बाट प्रथम बुद्धशान्ति कप वडास्तरिय टि टेन कृकेट प्रतियोगिता  शुरु हुने भएको छ ।

आयोजक आदर्श युवा क्लब बुधबारेले शुक्रबार कार्यलयमा पत्रकार सम्मेलन गर्दै खेलको टाई सार्वजनिक गरेको हो । वडाका खेल प्रतिनिधीले लक्की ड्र मार्फत आमने सामने हुने टिमको टुङ्गो लगाएका छन । सोही अनुसार वाड १ ले ७ सङ्ग, २ ले ६ सङ्ग , ४ र ५ आमने सामने हुँदा वाड न. ३ ले बाई पाउदै सोझै सेमिफाइनलमा पुगेको आयोजक संस्थाका सचिव दुर्यधोन  सिहले जानकारी दिए।  सेमिफाइनलका दुबै खेल २९ गते र उपाधी भिडन्त ३० गते हुनेछ ।

गाउँपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको उपाधी बिजेताले नगद २५ हजार रुपैयाँँ र उपबिजेताले १५ हजार नगद , ट्रफी, मेडल र प्रामणपत्र पाउने संस्थाका अध्यक्ष मातृका श्रेष्ठले उध्घोस गरे । साथै उत्कृष्ठ खेलाडिलाई विभिन्न बिधामा समेत पुराकार दिईनेछ ।

कार्यक्रममा बोल्दै प्रतियोगिताको संयोजक दिपक सुब्बाले वडास्तरिय माध्यमबाट बुद्धशान्तिको सिङ्गो टिम निर्माण, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए । संयोजक सुब्बाका अनुसार खेलाडी उत्पादन गर्दै कृकेटको वृद्धि बिकास गरिने छ ।

बुधबारे पेट्रोलपम्प पश्चिमपट्टिको खेल मैदानमाको हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भैइसकेको बताउदै कोषाध्यक्ष गोकुल पौड्यालले बिक्रम सम्मत २०५२ सालमा स्थापित क्लबले बिगत देखि नै विभिन्न खेलकुद कार्यक्रम साथै सामाजिक कार्यक्रम गर्दै आएको जनाएका छन् ।

Comment