1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ जेठ ५ सनिबार

दमकमा भएको आगलागीबाट लाइफलाइन अस्पतालमा समेत पुग्यो क्षती



झापा । झापाको दमकस्थित लाइफलाइन होटलको डायलसिस सेवासंग जोडिएको होटलबाट शुरु भएको भीषण आगलागी नियण्त्रणमा आएको छ ।

लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा क्षति पुग्नुको साथै डायलसिस सेवा प्रदान गर्ने भवनका सामाग्रिहरु जलेर नष्ट भएको छ । छेउमा रहेका दूईवटा होटल जलेर खरानी भएकाछन् ।

आगलागी नियण्त्रणका लागि दमक, उर्लाबारी, पथरी कमल पालिकाका दमकलहरुले आगो नियण्त्रणमा लिएको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी खटिएका थिए ।

एकघण्टाभित्रमा आगलागी नियण्त्रणमा आएको जनाईएको छ । क्षति विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment