1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न



झापा । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ ।

पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयाोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यले जानकारी गराएका थिए ।

समाचार लेखन तथा विभिन्न खोजमुलक विषयमा एआई प्रविधि उपयोगी हुने भन्दै यसको सही सदुपयग गरेमा पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने सहजकर्ता आचार्यले बताए ।

छिमेकी राष्ट्र भारत , चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरेपनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको उनको भनाई छ ।

प्रविधिको प्रयोगसंगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाई छ ।

उनले एआई प्रविधिको प्रयोग प्रशिक्षणस्थलमा नै प्रशिक्षण गराएका थिए ।

इलाम र झापाका ४५ जना पत्रकारहरुको सहभागीता रहेको तालिममा सहभागीहरुका तर्फबाट पत्रकार गणेशमान मुखिया, रञ्जीत प्रसाई, स्वस्तिका आचार्य, गणेश अर्याल, गृष्मा सापकोटा लगायतले आफ्नो अनुभवहरु बताएका थिए ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले एआई प्रविधिको प्रयोग र यसले पार्ने प्रभावका विषयमा जानकारी प्राप्त भएको र आगामी दिनमा आफूले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने जनाएका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर