

मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् ।
वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् ।
मिथुन–अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।
कर्कट–राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ ।
सिंह–परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।
कन्या–अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।
तुला–सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ ।
वृश्चिक–व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला ।
धनु–आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।
मकर–रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् ।
कुम्भ–काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ ।
मीन–चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।
बिशेष कुरा = सन्तान विकलाङ्गताकाे समस्या हाड नातामा, धर्म पुत्र
बिशेष काममा विचार गर्नु पर्ने समयहरु ।
राहु काल बिहान 05:12 बजे देखि 06:52 बजे सम्म छ ।
यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
राहु कालमा सुरु गरिएका व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ,
मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।
लाभ बेला अनि चन्द्र होरा बिहान 09:09 देखि 09:16 सम्म
यो समय हरेक राम्रा काममा लाभ भन्नाले नाफा अर्थात् उन्नति गराउने भन्ने बुझिन्छ ।
चन्द्र होरा सबै कार्य सिद्धिका लागि शुभ समय मानिन्छ ।
अमृत बेला, बृहस्पति होरा र अभिजित मुहूर्त बिहान 11:27 देखि दिउसो 11:50 सम्म छ ।
अमृत बेलामा गरिएको कुनै पनि कामले अमृत सो सरह काम गर्दछ ।
बृहस्पति होरामा पारेर जुनसुकै ठुला काम, नयाँ काम र जोखिम कामको सुरुवात गर्न सकेमा त्यो काम पछि सम्म फलदायक हुनेछ ।
अभिजित मुहूर्त अति शुभ मानिन्छ । यो समयमा धर्म, कर्म, पूजा, हवन, दान, सेवा अथवा इश्वरको आराधना गरेमा आफ्नो मनाेकाँक्षा पूरा हुनेछ । शुभ काम यो समयमा सुरु गरेमा छिट्टै पूरा हुनेछ । शास्त्रहरुमा बताईएको छ ।
यमघंटक काल दिउसो 12:11 देखि दिउसो 01:51 सम्म ।
यो समय मंगल ग्रहको उपग्रह यमघंटकको असर दायक समय हो । यो समय महा अशुभ समय मानिन्छ । यो समयमा गरिएका कुनै पनि महत्वपूर्ण काममा मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा बताईएको छ ।
गुलिक काल दिउसो 03:31 देखि बेलुका 05:13 सम्म
गुलिक काल शनि ग्रहको उपग्रह अन्तर्गत प्रभाभ समय भएकाले यो समयमा गरिएका नयाँ काम, ठुलो काम र जोखिम काममा बाधा हुन्छ । पूराहुन कठिन हुन्छ । त्यहि कामलाई दोहोर्याएर गर्नुपर्ने हुन्छ भनि पुरणहरुमा बताईएको छ ।
य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला ।
पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला । बिशेष सावधानी अपनाउनु पर्ने समयहरुमा मात्र ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

